Wednesday, April 13, 2011


स्वार्थी महानायक

भर्खरै मात्र एक सञ्चारमाध्यममा अर्न्तवार्ता दिने क्रममा महानायकले भने, 'यो बर्ष चलचित्र उधोगको लागी दु:खद रहेपनि मेरो लागी भने सुखद नै रह्यो ।' महानायकको सो भनाईबाट के प्रस्ट हुन्छ भने महानायक आफ्नो मात्र सोझो गरेका छन् । उनलाई नेपाली चलचित्र उधोगको बारेमा खासै चिन्ता छैन ।


पोलेको घाउमा नुन छर्दाको पिडा सायद महानायकलाई थाहा रैन छ क्यारे ! अहिले नेपाली चलचित्र उधोग धरासायी बन्दै गएको छ । अझ यसो भनौं नेपाली चलचित्रका निर्माताहरूको घरबार नै डुबेको छ । यस बर्ष थुप्रै नेपाली चलचित्र रिलिज भए र केहि चलचित्र बाहेक सबै असफल भए । तर महानायकलाई चलचित्र असफल हुँदा केहि चिन्ता नभएको प्रस्ट हुन्छ ।
 

भनिन्छ नि, 'आफू भलो त जगत भलो।' यो उखान महानायकमा लागु भएको छ अहिले । उनलाई आफ्नो दुनो सोझ्याउन बाहेक अन्य कुराको सोच नआएको सो अर्न्तवार्ताले देखाउँछ । हुनत उनलाई महानायकले जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय गरेर नेपाली चलचित्र उधोग बिगारेको आरोप नलागेको पनि हैन ।

महायानकले यस बर्ष थुप्रै चलचित्रमा काम गरे र मनग्य पैसा पनि कमाए । सायद त्यहि भएर होला उनले यो बर्ष आफ्ना लागी सुखद रहेको बताएको । हमाल जि महानायक जस्तो गरिमामय पद पाएर पनि यस्तो स्वार्थ राख्न त भएन नि ! कि कसो ?


रेखा र बिराजको अन्तिम चलचित्र 'प्रहार'

एक्सन नायक बिराज भट्ट र नायिका रेखा थापाको पानी बाराबार भएको कुरा त सायदै थाहा नपाउने कोही छैन होला । हो अब बिराज र रेखा एकै चलचित्रमा एकसाथ अभिनय गर्न छोडी सकेका छन् । यहि चैत्र २५ गते सार्वजनिक  हुन लागेको टंक लम्सालको चलचित्र 'प्रहार' नै यि दुईको अन्तिम चलचित्र हुनेछ ।


बिराज र रेखाको पहिलो भेट सोभित बस्नेतको चलचित्र 'दुर्गा' मा भएको थियो । तर जोडीको रूपमा भने यि दुईको भेट 'हिम्मत' मा नै भएको हो । रेखा फिल्म्सले 'हिम्मत' बाट बिराजको चर्चा एकाएक चुलाईदियो । त्यसपछि बिराज भट्टका दिन खुले । उनले भटाभट चलचित्रमा काम गर्ने मौका पाए । रेखा पनि खुसी थिईन् आफूले ब्रेक दिएको हिरोले चर्चा कमाउँदा । त्यसपछि रेखाले पनि बिराजलाई आफूले अभिनय गर्ने चलचित्रमा सिफारिस गर्दै आएकी थिईन् । तर जब यि दुईको सम्बन्धले मोड लियो त्यसपछि रेखालाई मन नपर्ने हिरो बिराज हुनपुगे । यता बिराज पनि के कम ? उनी पनि रेखाले अभिनय गरेका चलचित्रमा आफूले अभिनय नगर्ने अड्डी कस्न थाले ।


नायक निखिल उप्रेतीसँग पानी बाराबार भएपछि रेखाले बिराजलाई हिम्मतमा ब्रेक दिएकी हुन् । बिराज नं वान हिरो भएकै बेला रेखाले बिराजलाई आफ्नै होम प्रोडक्सनको चलचित्र 'हिफाजत' मा पनि लिने सुर कसेकी थिईन् । बुझ्नमा आए अनुसार बिराजले ३ लाख डिमाण्ड गरेपछि रेखाले बिराजको सट्टा आयुषलाई आफ्नो चलचित्रमा ब्रेक दिएकी हुन् । सोही चलचित्रबाट नै यि दुईको सम्बन्ध बिग्रिएको बुझिएको छ ।
 

  NEPALI     MOVIE S      ADDED

 

  NEPALI     MOVIE      PRAHAR    PROMO 

   

INTERVIEW WITH SIRJANA PART 1

AN INTERVIEW WITH PRAMILA GURUNG

AN INTERVIEW WITH NIMA RUMBA

AN INTERVIEW WITH SABIN RAI



NEPALI     TV      SHOWS               AND         NEWS              KHABAR


अशान्त भो तराई जनता भए त्राही त्राही click here new
डाक्टर साब अस्पताल बाट गाएब-खबर भित्रको खब click here
नेता मस्त भोजमा मजदुर ब्यस्त गोदागोदम! click here
सृंखलाबद्ध तीन वोटा यात्रुबाहक बसहरुमा विष्फोट click here
SLC परीक्षा चीट चोर्नी प्रतियोगिता ! click here new
गाँजा र अफिमि फलाउदै तराईका किसान ! click here
नेपालको कानुन दैबले जानुन ! click here  new
“खबर भित्रको खबर” March 26th click here
संखुवासभाको बानेश्वर गाविसमा आगलागी click here
हामी धनी देशको गरिब नेपाली- “खबरभित्रकोखबर” click here 
बोक्सी प्रथा नटुंगिएको व्यथा !! click here new
सीमाम फेरी लुटिए नेपाली यात्रु हरु  click here new
टेलिकमको सिस्टमलाई किशोरको चुनौती click here new
लीवियाका नेपाली हरु स-कुशल नेपाल फिर्ता click here new
Meri Bassi April 2nd click here
Kill Mike Tango April 2nd click here
FM-Yo Maya Bhanne April 2 click here
हिजो आजका कुरा April 1st click here
Jhyaikuti Jhyai April 1st click here
Wai Wai LittleChamps April 1 click here
Tito Satya March 31st click here 
लोक ठट्टा March 31st click here new
Katha Prem Ka March 31st click here
Jai Hosh March 30th click here  new
Saino Kasto Kasto Mar 30 click here
Guthee March 30th click here  new
मदन बहादुर हरि बहादुर ४ Mar 29th click here
Ujju Darling March 29th click here

NEPALI MP3 SONG

Song - Gazal Kaar Vaye Ma
Vocal -
 Unknown
::: Requested Mp3 Song :::

                                                    NEPALI NON STOP VIDEO SONGS

This free website was made using Yola.
No HTML skills required. Build your website in minutes.
Go to www.yola.com and sign up today!

No comments:

Post a Comment